गलकोट। बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।
लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि नै ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । ७ करोड रुपैयाँ लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बताइएको छ।
दुई वर्षमा निर्माण सक्ने गरी २०७९ जेठमा सम्झौता भई २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वर्षमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ। निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौँले गरेको थियो ।