दोलखा। दोलखाको शैलुङ गाउँपालिका–८ ले वडाको बजेटको करिब ९० प्रतिशत बजेट सडकमा लगानी गरेको छ । चालु वर्षमा पाँच÷पाँच लाख रुपैयाँमा घलेडाँडा ठुलोछाप सानो सडक र सान्नागी ढुङ्गे सडक ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । १० लाख लागतमा लाकुरी–कालापानी, १५ लाख बजेटमा पाँडेखानी–भालुस्वाँरा, पाँचरपाँच लाख लागतमा तमाखुबारी–जोरनागी र तल्लो दाङ–मानेडाँडा माथिल्लो दाङका सडकखण्ड सोलिङ गर्ने काम सम्पन्न भएको छ।
त्यसै गरी १५ लाख लागतमा थालेडाँडा भदौरे सडकखण्ड निर्माणाधीन अवस्थामा र पाँच लाख बजेटबाट सडक मर्मत गर्न बाँकी रहेको छ । बागमती प्रदेश सरकारको ४० लाखको लगानीमा सत्यश्वर–भैँसे–मनगाउँ १२१ मिटर सडकको ढलान गर्ने काम भइरहेको छ । साढे आठ लाख रुपियाँको प्रधानमन्त्री रोजगार कार्यव्रmममार्फत सडक स्तरोन्नति भइरहेको छ । चालु वर्षको दुई लाख लागतमा महादेव मन्दिरको व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ ।
वडावासीबाट वडामा उत्पादित आलुलगायत तरकारी बजारसम्म लैजान सहज बनाउने उद्देश्यले यसरी बजेट सडकमा लगानी गरिएको वडाध्यक्ष धनबहादुर तमाङले जानकारी दिए ।