काठमाडौं। निर्माण कार्य अलपत्र पार्ने ३ निर्माण कम्पनीसँगको ठेक्का तोडिएको सडक डिभिजन डोटीले बुधबार एक सूचना जारी गर्दै विभिन्न ७ वटा सडक योजनाको काम अलपत्र पार्ने तीन कम्पनीसँगको ठेक्का तोडेको जानकारी दिएको हो।
सडक डिभिजनले बिभोर निर्माण सेवा, बीएस भैरब शक्ति निर्माण सेवा र उसव कन्स्ट्रक्सनसँग ठेक्का तोडेको हो। यी कम्पनीहरूले महाकाली राजमार्ग र सेती राजमार्गका ५ वटा सडक योजनाको निर्माण कार्य अलपत्र पारेको डिभिजनले जनाएको छ।
पटक–पटक म्याद थप्दा समेत निर्माण कार्यले तीव्रता पाउन नसकेपछि
डिभिजनले सार्वजनिक खरिद ऐन अनुसार कार्यसम्पादन जमानत, धरौटी बापतको रकम र पेश्की पाएको रकम समेत जफत गर्ने गरी ठेक्का तोडेको जनाएको छ।