मनाङ। ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबारदेखि अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालिएको छ। माथिल्लो मनाङ र तल्लो मनाङ आवत(जावतमा भइरहेको समस्या समाधानका लागि सडकमा थुप्रिएको हिउँ हटाउन थालिएको हो ।
ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको हो। हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो । सवारीसाधन जानसक्ने अवस्था छैन । सुरक्षाकर्मी पनि हिँडेर पुग्ने हो । अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम भइरहेको बताइएको छ।
आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको थियो।