बागलुङ। बागलुङमा स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको ४ वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडकमा ढिलोगरी निर्माण व्यवसायीले काम थालेको हो ।
२ वर्षभित्रै स्तरोन्नति तथा कालोपत्र सक्नेगरी २०७६ असोज २८ गते सम्झौता भएको सडक अहिले कालोपत्र गर्न थालिएको हो । पञ्चकोट पुग्नेगरी कुडुँले चोकदेखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलापमिटरमा कालोपत्रको काम थालिएको जनाइएको छ।
बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने क्षेत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएको ठेकेदार एक वर्षपछि काममा फर्केको बताइएको छ। ३ पटकसम्म सम्झौता मिति थपिएको थियो।
गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ३१ करोड रुपैयाँ लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको हो।