तनहुँ । तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण गर्न सुरु गरिएको छ। सङ्घीय सरकारमार्फत सडक विभागले व्यासको दुई वटा वडा जोड्ने पुल बनाउन सुरु गरेको हो।
पुल निर्माणको जिम्मा एम÷एस इन्द्रेणी निर्माण सेवा प्रालिले पाएको छ। हाल पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको छ। नदीको बहाव कम भएको अवस्थामा नै काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ।
एक सय २५ मिटर लम्बाइ र चौडाइ ११ मिटर रहेको पुल निर्माण हुनेछ। विसं २०७९ पुस १४ मा रु २० करोड नौ लाख ५३ हजार तीन सयमा ठेक्का सम्झौता भएको थियो । उक्त पुल निर्माणको काम विसं २०८२ पुस ६ मा सकिने गरी सम्झौता भएको छ ।