झापा। झापाको बुद्धशान्ति गाउँपालिकामा खानेपानी आयोजना सञ्चालन गर्नका लागि करिब दुई करोड बजेट विनियोजन गरिएको छ। गाउँपालिकामा ३ वटा खानेपानी आयोजनाका लागि एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।
नेपाल सरकार खानेपानी मन्त्रालयमार्फत उक्त रकम विनियोजन भएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसााइले जानकारी दिए।
मन्त्रालयबाट चारभुइया चुल्ठे शान्तिनगरको लागि २० लाख रुपैयाँ, बुद्धशान्ति खापागुसुआको लागि २० लाख रुपैयाँ र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजनाको लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको हो।