डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा शितभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर कार्कीले शितभण्डारको उद्घाटन गरेका हुन्।
गाउँपालिकाको वडा नम्बर २ स्थित पारीखेतमा निर्माण निर्माण गरिएको शितभण्डारमा स्थानीय किसानले उत्पादन गरेका तरकारी भण्डारण गरिने छ।
कोल्ड स्टोरमा एक हजार क्वीन्टल कृषि उपज भण्डार गर्ने क्षमता रहेको बताइएको छ।