बाँके। हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा एक अर्बबढी लागतमा पुल निर्माण गर्न सुरु गरिएको छ। सिधनिया घाटमा सात सय मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको हो।
डेढ वर्षअघि भौतिक पूर्वाधारमन्त्री भएको बेला नेता मोहम्मद इश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा र डुडुवा खोलामा पुल निर्माण तथा विभिन्न सडक निर्माणको योजना स्वीकृत गरेका थिए। सोही योजनाअनुसार अहिले पुल निर्माण शुरू गरिएको निर्माण कम्पनीले जनाएको छ ।
विसं २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी विसं २०७९ माघमा सम्झौता भएको थियो। भ्याटसहित रू एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो । अहिले निर्माणाधीन पुलको पाइलिङ र जाली बुन्ने काम भइरहेको छ ।