फुङ्लिङ। पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलले आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको बैठकले केवलकार निर्माणको कामलाई सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।
केवलकार कम्पनीले केवलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा सर्वपक्षीय वैठक बसेको हो ।
उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केवलकार निर्माणमा सहजीकरण गर्ने सहमती गरेका हुन् ।