काठमाडौं। काठमाडौंको टोखा नगरपालिका र तारकेश्वर नगरपालिका जोड्न विष्णुमती नदीमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण सुरु भएको छ । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको ५०–५० प्रतिशत लगानीमा टोखा नगरपालिका– ९ र तारकेश्वर नगरपालिका –११ जोड्ने विष्णुमती नदीमा पुल निर्माण सुरु भएको हो ।
मूल्य अभिवृद्धि कर ९भ्याट०बाहेक दुवै नगरपालिकाको २ करोड ६८ लाख ३५ हजार ५ सय रुपैयाँ लागत अनुमान गरिएको यो मोटरेबल पुलको बिहीबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संयुक्त रुपमा शिलान्यास गरी निर्माणको थालनी गरिएको हो।