काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले क्लासिक भ्यु रिसोर्टमा लगानी गरेको छ। ग्लोबल इक्विटी फन्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको उक्त फन्डले लक्जरी किसिमको यो रिसोर्टमा लगानी गरेको हो ।
काठमाडौं बूढानीलकण्ठ पहाडमा अवस्थित क्लासिक भ्यु रिसोर्ट लक्जरी पर्यावरण मैत्री रिसोर्ट हो । हाल रिसोर्ट निर्माण अन्तिम चरणमा रहेको छ । २०२४ जुनमा ‘सफ्ट ओपनिङ’ गर्ने गरी काम भइरहेको रिसोर्टले जनाएको छ ।
शिवपुरी जंगलको रमणीय दृश्यसाथ पर्यटकलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्चस्तरको पर्यावरणमैत्री रिसोर्ट भएको कम्पनीको दाबी छ । फन्डबाट प्राप्त रकम रिसोर्ट निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकल अनुरूप अन्तर्राष्ट्रिय फ्रान्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ ।