काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आज विभिन्न कार्यक्रम गरी १४औं राष्ट्रिय निर्माण दिवस मनाइरहेको छ। महासंघले आज बिहान ८ बजे प्रभातफेरी कार्यक्रम गरेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रभातफेरी कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले गरेकी छन्। प्रभातफेरि कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका महासंघ पनि सहभागी भएका थिए ।

बाजागाजा र झाँकीसहित रंगशालाबाट निस्किएको प्रभातफेरी महासंघको कार्यालय अनामनगर पुगेको छ। प्रभातफेरी सकेपछि अनामनगरमा महासंघको रक्तदान कार्यक्रम शुरु भएको छ।


.jpg)
.jpg)
.jpg)

