काठमाडौं। मर्मतसम्भारका लागि कान्तिलोकपथ ४५ दिन बन्द हुने भएको छ। ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिंगन भएर हेटौँडा पुग्ने कान्तिलोकपथ बन्द गरेर मर्मत गरिने भएको हो।
ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि चैत १ गतेदेखि वैशाख १५ सम्म सडक बन्द गर्न लागेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ।
सडक बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ। यो खण्ड करिब १.५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो। सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ। यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने अनुमान अनुसार सडक बन्द गर्न लागिएको हो।