सोलुखुम्बु। माप्य दूधकोशी गाउँपालिका –२ मा तीन करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका बीच १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो ।
पुलको उद्घाटन प्रतिनिधिसभा सदस्य मानवीर राईले गरेका हुन्् । कार्यक्रममा पूर्व विदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति रहेको थियो । मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने बिश्वास दुवै गाउँपालिकाको छ ।
कार्यक्रमकमा बोल्दै पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले २५ लाख भन्दा मुनिका बजेट स्थानीय तहलाई दिनुपर्ने बताए । खानेपानीको समस्या करिव समाधान भइसकेको भन्दै उनले सडकको समस्या पनि समाधान गर्नेतर्फ आफू अग्रसर रहेको बताए।