काठमाडौं। कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका २ र ३ लाई जोड्न पुल निर्माण गरिएको छ। उक्त दुई नगरपालिकालाई जोड्न सनवोरा नदीमा पुल निर्माण गरिएको हो।
सो पुल रु ११ करोड भन्दा बढीको लागतमा निर्माण भएको मोटर चल्ने पुल हो। उक्त पुल निर्माण भएपछि स्थानीयवासीलाई गन्तव्यमा जान सहज भएको छ।
पुल निर्माण हुनुभन्दा अगाडी आवात जावात गर्न समय लाग्ने र समस्या हुने गरेको स्थानीयका भनाई छ। अहिले पुल निर्माण भएपछि खुशी भएको उनिहरुले बताए।