काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा फेरि स्थगित भएको छ। कम्पनीले बुधवार आयोजना गरेको २७औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेकाले स्थगित भएको हो।
यो सँग कम्पनीको साधारणसभा तीन पटक स्थगित भइसकेको छ। यसअघि मंसिर २२ र पुस ६ गते सभा बोलाइएको थियो ।
बुधवार सभामा लगानीकर्ता र सञ्चालकबीच विवाद भएको थियो । सभामा लगानीकर्ताले कम्पनीले हकप्रद शेयर निष्कासन गरेर आएको लगानीबारे जानकारी नदिइएको भन्दै आक्रोश पोखेका थिए । साथै उनीहरूले लगानीकर्तालाई लाभांश नदिइएको भन्दै विरोध पनि जनाएका थिए ।