कास्की। पोखरालाई मुलुककै पर्यटकीय शहर घोषणा गरिने भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पोखरालाई मुलुककै पर्यटकीय शहर घोषणा गर्न लागिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।
पोखराको बसुन्धरा पार्कबाट सांस्कृतिक भेषभुषा सहितको र्याली आइतबार विहान सवा ११ बजे बाराही घाटमा पुगेर औपचारिक घोषणा हुने मेयर आचार्यले बताए ।
मेयर आचार्यले घोषणा कार्यक्रममा सबैलाई पोखरा आउन निम्तो समेत गरेका छन् । मेयर आचार्यले सार्वजनिक अपिल गर्दै प्यारो, सुन्दर पर्यटकीय शहर पोखरा एकपटक नभई पटक पटक आउन आब्हान समेत गरेका छन्।
नेचर, कल्चर र एड्भेन्चर शहरको उपमा पाएको पोखराले अतिथीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने जनाएको छ । पोखरालाई पर्यटकीय शहरका रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले संयुक्त पहल थालेको मेयर आचार्यले बताए ।