काठमाडौं। प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नागढुंगा–नौबिसे सडकले गति लिन नसकेको भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका छन्।
पूर्व मन्त्री समेत रहेका ढकालले राजधानी जोड्ने सडकको मर्मत सम्भार सरकारको सबैभन्दा महत्वपुर्ण प्राथमिकतामा पर्नु पर्नेमा उक्त सडक लामो समयदेखि जिर्ण अबस्थामा रहेको र मर्मतको कामले कुनै गति लिन नसकेको भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका हुन्।
उनले नेपाली मात्र नभएर भारत, भुटान, बंगलादेश सम्मका पर्यटकले समेत काठमाडौँ आवत जावतमा प्रयोग गर्ने यस सडकको दुर्दशाले अन्तर्राष्ट्रिय बेइजत भएको बताए।
देशको राजधानी जोड्ने सडक दुर्गम गाउँको जस्तो भएको भन्दै यसले संघिय सरकारको क्षमतामा प्रश्न खडा गरेको उनको भनाइ छ।