काठमाडौं। सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँट गरिएको छ। कम्पनीले गत पुस २१ गतेसम्म कायम साविक सेयर धनीहरूका लागि हकप्रद शेयर बाँडफाँट गरेको हो।
कम्पनीले धनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
जसमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना शेयर धनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर फागुन ३० मा बाँडफाँट गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।