काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने माग गरेको छ ।
नागरिक उड्डयन संगठन (आइकाओ)को स्थापना दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यशालामा प्राधिकरणका निमित्त उपमहाप्रवन्धक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले विमानस्थलमा पटका पट्काउन पाउनुपर्ने बताएका हुन्।
उनले भारतका अधिकांश विमानस्थलमा यस्तै तरिकाबाट विमानस्थलबाट चरा तथा वन्यजन्तु धपाउने गरिएको भन्दै यहि शैली अपनाउनु पर्ने धारणा व्यक्त गरेका हुन्।
उनले पर्यटनमन्त्री प्रेम आले तथा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग यसका लागि सहजीकरण गरिदिन आग्रह समेत गरेका छन् ।
कार्यक्रममा विज्ञहरुले प्रस्तुत गरेको तथ्यांक अनुसार सन् २०२१ को १० महिनाको अवधिमा नेपालमा चरा र वन्यजन्तुका कारण उडानमा प्रभाव परेको कुल ५५ वटा घटना रिर्पोटिङ भएका छन् । यस्ता घटना बढी उडान तथा अवतरणका दौरान हुने गरेको पाइएको छ ।