गुल्मी। मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी अन्तर्गत रिडी–तम्घास सडक खण्ड चैत महिनाभरि बन्द हुने भएको छ।
पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउने कार्यका लागि चैत ७ गतेदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले जानकारी दिएको हो।
सडकमा विहान १० देखि ४ बजेसम्म र राती १० देखि विहान ४ बजेसम्म यातायात वन्द गरी निर्माण कार्य हुने कार्यालयले जनाएको छ। योजना कार्यालयले उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ।