लम्की। आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ। एक सातापछी उक्त पुल आजदेखि खुलेको हो।
नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएको बताएका छन्। अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् ।