पाल्पा। डेढ महिनादेखि मर्मतका लागि बन्द गरिएको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक सोमबारदेखि सञ्चालनमा आएको छ। ४८ दिन पछि उक्त सडक सञ्चालनमा आएको हो।
सडकको हात्तीढुंगा नजिक बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म बन्द भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ।
रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो । १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक बन्द भएपछि तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपरेको थियो ।