गुल्मी। रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ। यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वय गरेर एक उडान थप गरिएको हो।
यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान गर्दै आएका थियो। आज देखि सोमबारसमेत गरेर तीन उडान हुने भएको छ।
नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौं–रेसुङ्गा–काठमाडौं उडान गर्दै आएको छ । काठमाडौं–रेसुङ्गा लागि ७ हजार २ सय ८० र रेसुङ्गा–काठमाडौं रुटका ७ हजार ८० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।