गण्डकी। नयाँ वर्षमा पोखराका होटेलमा २० प्रतिशत छुट गर्ने घोषणा गरेको छ। होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो।
नयाँ वर्षको अवसर पारेर पर्यटकको संख्या बढाउन तथा बसाइ लम्ब्याउन छुटको अफर ल्याउन लागिएको हो। महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको छ। उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।
नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो।