चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण भएका थप ३ वटा पुल सञ्चालनमा आउने भएका छन्। उक्त सडक खण्डमा निर्माण भएको ३ वटा पुल यसै साताबाट सञ्चालनमा आउने भएका हुन्।
जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको छ। सञ्चालनमा आउन लागेका पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी रहेको बताइएको छ।
उनले हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ ।
यो सडक खण्डमा २०७६ चैतदेखि विश्व बैंकको सहयोगमा १५ वटा पुल निर्माण थालिएको थियो । सडक चौडा भएपछि पुल निर्माण गरिएको हो। सडक विस्तार गरी ९ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ।