काठमाडौं। मनकामना केबलकार आज एक दिन बन्द गरिने भएको छ। नियमित मर्मत सम्भारका लागि केबलकार आज बन्द हुने भएको हो।
मन्दिर पुग्नका लागी केबलकार बन्द रहेपनि केबलकारको तल्लो स्टेशनमा रहेको होटल, रेष्टुरेण्टहरू भने नियमित सञ्चालनमा रहने छन् । केबलकारको नियमित सेवा २०८० चैत ८ गते (भाेलि) देखि पुनःसञ्चालनमा आउने जनाइएको छ।