काठमाडौं। नारायणगढ–मुग्लिन सडक खण्डको खरहे पुलको काम अन्तिम चरणमा पुगेको छ। मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको हो।
यो पुलको पहुँच सडकमा पर्खाल उठाएर कालोपत्र र रङरोगको काम गर्न बाँकी रहेको बताइएको छ । पुलको सम्पूर्ण काम ६ महिनाभित्रमा सम्पन्न भइ सञ्चालनमा आउने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जानकारी दिएको छ।
नारायणगढ–मुग्लिन सडक खण्डका तीन वटा पुल भने यसै साता सञ्चालन आउने भएका छन्। जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो।
त्यसैगरी काली र नाम्ची दुई वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्र बाँकी रहेको बताइएको छ।