फाइल तस्बिर
गुल्मी। मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी अन्तर्गत रिडी–तम्घास सडक खण्ड आजदेखि बन्द गरिने भएकाे छ। सडक मर्मत कार्यका लागि रिडी–तम्घास सडक खण्ड आजदेखि चैत मसान्तसम्म बन्द गरिने भएकाे हाे।
पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउने कार्यका लागि चैत ७ गतेदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले जानकारी दिएको हो।
सडकमा विहान १० देखि ४ बजेसम्म र राती १० देखि विहान ४ बजेसम्म यातायात वन्द गरी निर्माण कार्य हुने कार्यालयले जनाएको छ। योजना कार्यालयले उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ।