बाँके। हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्डको काम आधाभन्दा बढी सम्पन्न भएको छ। तीन वर्षमा सम्पन्न गर्ने गरी गत वर्षदेखि सुरु भएको सडक निर्माणको काम एक वर्षमा ६० प्रतिशत पूरा भएको हो।
अहिले नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको छ। नन्दनी मिलबाट सुरु भएको कालोपत्रको काम अहिले जानकी गाउँपालिकाको मानपुर क्षेत्रसम्म पुगेको छ ।
११.६ किलोमिटर चारलेन र १६.२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी शर्मा एण्ड कम्पनीसँग दुई अर्ब ७८ करोड २९ लाखमा सम्झौता भएको थियो।