रसुवा। काठमाडौंबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालनमा आएको छ । जिप प्रत्येक दिन बिहान ७ः३० बजे काठमाडौँबाट ठूलोस्याफ्रुका लागि छुट्ने र सोही समयमा ठूलो स्याफ्रुबाट काठमाडौँका लागि छुट्ने समय निर्धारण गरिएको हो।
यसबाट विशेष गरी गोसाइँकुण्ड जाने तीर्थ यात्रु एवं लाङ्टाङ जाने पर्यटकलाई थप सहज हुने मिनि गोसाइँकुण्ड यातायात समितिले जनाएको छ।
भौगोलिक विकटताका कारण सदरमुकाम धुञ्चेबाट ठूलो भार्खु, ब्रबलहुँदै ठूलोस्याफ्रु पुग्न दिनभर लाग्ने गर्दथ्यो । अहिले सहज भएको बताइएको छ।