पोखरा। पोखराको पुरानो बजार क्षेत्र साँघुमुख बजारमा सन्ध्याकालिन बजार महोत्वस हुने भएको छ। साँघुमुख पार्क एवं सन्ध्याकालिन बजार ब्यवस्थापन समितिको आयोजनामा महोत्वस हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
महोत्वस चैत १० गते दिउसो १२ बजे बाट साझँ ८ बजे सम्म महेन्द्रपुल चोकको पछाडि रहेको साँघुमुख बजारको १ सय ५० मिटर क्षेत्रमा सञ्चालन हुने बताइएको छ। महोत्वसमा २० ओटा स्टल रहनेछन् १० गतेको लागि गणेश मन्दीर भन्दा माथि २० स्टल रहनेछन्।महोत्सवमा अर्गानिक तराकारी फलफुल,रैथाने फुड स्टलहरु एब्म सास्कृतिक कार्यक्रम समेत हुनेछन् ।
साँघुमुख महेन्द्रपुल क्षेत्रमा पर्यटकहरुको चहलपहल गराईसो क्षेत्रमा आर्थिक अवस्था सुधार गर्न सस्था स्थापना गरिएको बताइएको छ।