फाइल तस्बिर
काठमाडौं। चखेल–मातातीर्थ सडक आजदेखि १६ दिनसम्मका लागि बन्द भएको छ। महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक फराकिलो बनाउने काम भैरहेकाले आजदेखि चैत २३ गतेसम्मका लागि सडक बन्द गरिएको हो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्ने लगायतका काम भइरहेकोले १६ दिन सडक बन्द गरिएको जानकारी दिएका हुन्।
यो सडकबाट आवातजावत गर्ने गाडीलाई फर्पिङको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।