पोखरा। पोखरा महानगरपालिका वडा नं –पोखरा मोटरेबल पुल निर्माण हुने भएको छ। ठुली मजुवा स्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने १२ मिटर लम्बाईको मोटरेबल पुल निर्माण हुने भएको हो।
उक्त मोटरेबल पुलको महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका छन्। उनले पुलको लागि आवश्यक बजेटको व्यवस्थापन गरेर मात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मिति अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
पुल निर्माणको जिम्मा ज्ञान एनएम बिडीबी जेभीले पाएको छ। २ करोड ३१ लाख २० हजार ४८७ मा पुल निर्माणको जिम्मा पाएको हो। १२ मिटर लम्बाई रहने पुलको दुबैतर्फ १।२ मिटरको फुटपाथ, ९ मिटर उचाइ रहने छ। २०८१ फागुन १८ गते पुल निर्माणको अन्तिम म्याद रहेको छ।