काठमाडौं। ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन गरिएको छ। शुक्रबार आयोजित एक समारोहमा नेपाल सरकार, सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन्।
समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता आईएनटीएसीएचका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति थियो ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको ज्येष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३ करोड ७८ लाख रूपैयाँ अनुदान सहयोगमा पुनर्निर्माण भएको हो ।