ओखलढुंगा। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका रामहरि खतिवडा मोलुङ एक वार सडकको निरीक्षण गरेका छन्। खतिवडाले ओखलढुंगा, मोलुङ एकवार सडकको सुनकोशी वडा ८ काउछे र सुनकोशीकै वडा नं ८ कै अधेरी विचको करिब ३ किमि बाटोको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा खतिवडाले मोलुङ एकवर बाटो पूरा भएन भने आफू ओखलढुंगामा उम्मेदवार नहुने दाबी गरे।
कामको सुरुवात भएको छ मलाई पूरा आशा छ निर्माण कम्पनीले यो बाटो समयमै सम्पन्न हुने कुरामा आफू ढुक्क भएको बताए। यो बाटोमा विस्फोटक पदार्थको आवश्यक भए पनि सिफारिस गरेर पठाउन जिल्ला प्रमुखलाई निर्देशन दिए।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनीको १ करोड ७५ लाख रकम भुक्तानी गरी काम सम्पन्न गर्नलाई श्रोत सुनिश्चित भएर जति काम हुन्छ त्यसको भुक्तानी हुने गरी काम सुरु भएको छ।