काठमाडौं। दोलखाको बिगु र गौरीशङ्कर गाउँपालिकामा करिब चार करोड रुपैयाँको लगानीमा तीन वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। ‘कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल’ नामको गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा तीन वटा झोलुङ्गे पुल निर्माण गरिएको हो।
संस्थाले एक करोड २६ लाख रुपियाँमा बिगु गाउँपालिका–१ र गौरीशङ्कर गाउँपालिका–९ जोड्ने गोङ्गरस्थित तामाकोशी नदीमा निर्माण गरिएको १०५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको छ। यस पुलबाट
दोलखाको बिगु र गौरीशङ्कर गाउँपालिकामा करिब चार करोड रुपियाँको लगानीमा तीन वटा झोलुङ्गे पुल र ७५ लाख रुपियाँभन्दा बढीको लगानीमा दुई वटा खानेपानी योजना निर्माण भएका छन् ।करिब पाँच सय घरपरिवार लाभान्वित भएका छन् । विद्यालय र स्वास्थ्य चौकी जान आउन एक घण्टाको बाटो छोटिएको छ ।
त्यसैगरी उक्त संस्थाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गनजिकैको गोङ्गर खोलामा ७२ मिटर लम्बाइको झोलुङ्गे पुल ८० लाख रुपैयाँको लागतमा र गौरीशङ्करको नाजिमटार–खारे जोड्ने ११२ मिटर लामो झोलुङ्गे पुल एक करोड १६ लाख रुपैयाँ लगानीमा निर्माण गरिदिएको छ ।