काठमाडौं। पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन शुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरिएको हो।
भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ ले अनुमति लिएका थिए । यो वर्ष पनि सोही सङ्ख्यामा आरोही आउने विभागको विश्वास छ ।
सगरमाथा आरोहणका लागि हालसम्म ३० भन्दा बढी विदेशी आरोहीले बुकिङ्ग गरेको बताइएको छ। हिमाल आरोहणका लागि आरोहीले अनलाईन बुकिङ गर्नसक्ने व्यवस्था मिलाईएको विभागले जनाएको छ । यसले आरोहीलाई सहज हुने विभागको विश्वास छ ।