झापा। एसियाली राजमार्गको सीतापुरी–देवीखोला खण्डमा रुख कटान सुरु भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरु भएको हो।
पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ । एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक ४ चार लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीले जनाएको छ।
पश्चिम खण्डका क्षेत्रमा करिब ६ हजार ७ सय ३७ रूख कटान हुने तथा ३ वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ।