काठमाडौं। श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ। सो एयरलाइन्सलले हिजो ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो ।
एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडले जनाएको छ। ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।
थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने बताइएको छ।। योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् ।