दमौली। तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा पक्कि पुल निर्माण भएको छ। उक्त पुल २१ करोड ६८ लाख ४८ हजारको लागतमा निर्माण भएको हो।
तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएको छ।
चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको बताइएको छ।