कञ्चनपुर। कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन पुलको काम सुरु भएको छ । उक्त नदीमा निमार्णाधीन ४ लेनको पुलको काम सुरु भएको हो।
सो निर्माणाधिन पुल ठेकेदारले भुक्तानी नपाएपछि गत असोज तेस्रो सातादेखि ठप्प भएको थियो। सरकारको भुक्तानीपछि पुलको काम मंगलबारदेखि पुनः सुरु भएको हो।
सरकारले केही दिनअघि गत वर्ष काम गरेको रकम उपलब्ध गराएपछि निर्माणको काम पुनः सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ। २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८.६ किलोमिटर ६ लेनको निर्माणको कामको ९०.१९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ।
उक्त निर्माणाधिन पुल ३ अर्ब ६६ करोड रुपैयाँ लागतमा बनिरहेको छ। पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ ।