संखुवासभा। संखुवासभाको सिलिचोङ गाउँपालिका–३ बाट एक गर्भवतीको उद्धार गरिएको छ। सिलिचोङ–३ ताम्कूकी गर्भवती २७ वर्षीया रीतु राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
सिलिचोङ–३ ताम्कूकी गर्भवती राई मंगलबार ६ बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कू भर्ना भएकी थिइन्। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ।
आठ घण्टाभन्दा बढी लामो समय बेथा लागेकी गर्भवती राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको सिलिचोङ गाउँपालिकाले जनाएको छ।