काठमाडौं। श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । एयरलाइन्सलले मंगलबार ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो।
एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ। ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको एयरलाइन्सले जनाएको छ। ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो।
थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिए। योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।