काठमाडौं। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो।
आज एयर चाइनाको जहाज डाइभर्ट भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् ।
प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको विमानस्थलले जनाएको छ। एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ ।