काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको काम दुई वर्षमा जम्मा १० प्रतिशत मात्र पूरा भएको छ। नमोबुद्ध नगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको सडकको निर्माण कार्य अघि बढ्न नसकेको हो।
दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुर र ललितपुरको केएस देवी रमण, तेजजुबीच सम्झौता भएको थियो। अब सम्झौता अवधि सकिन ४ महिना मात्र बाँकी हुँदा निर्माण कार्य भने जम्मा १० प्रतिशत पूरा भएको छ।
आयोजनाका लागि २० करोड ८९ हजार बजेट विनियोजन भएको थियो । हालसम्म सडक किनारका केही स्थानमा पर्खाल निर्माण गरिएको छ ।
निर्माण कम्पनीलाई चाँडो काम गर्न पटकपटक ताकेता गर्दा बेवास्ता गरेका कारण आयोजना लथालिङ्ग अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।