गुल्मी। गुल्मीको छल्दी–ठाढुंगा सडकखण्डको काम हालसम्म २५ प्रतिशत मात्र पूरा भएको छ। इस्मा गाउँपालिका–२ छल्दी हुँदै वडा नम्बर–३ ठाढुंगा जोड्ने सडक स्तरोन्नतिमा ढिलासुस्ती भएको हो।
छल्दी–ठाढुंगा खण्डको ५.६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ०७९ साल वैशाख २६ गते २४ करोड ७२ लाखमा रौताहा(श्रेष्ठ)ओमबुद्ध जेभीसँग ठेक्का सम्झौता भएको थियो।। सम्झौता अनुसार २०८१ साल वैशाख २५ गते काम सम्पन्न गर्नुपर्छ । तर चैतको दोस्रो सातासम्म २५ प्रतिशत भौतिक प्रगति र १८ प्रतिशत वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
निर्माण कम्पनीले बजेट अभाव भएका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताएको छ। सडक निर्माणका लागि यस आर्थिक वर्षमा १ करोड रकम मात्रै विनियोजन भएको थियो ।