पर्वत। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न सुरु गरिएको छ। गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो।
सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो।
निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्ल्यानबाट मिलनचोकतर्फ कालोपत्र गर्न सुरु गरिएको जनाएको छ।