ओखलढुङ्गा। ओखलढुङ्गाको केत्तुकेमा बुद्धको मूर्ति निर्माण गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गरिएको हो ।
पर्यटन प्रवर्द्धनका लागि अग्लो बुद्धको मूर्ति यहाँ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। मानेभञ्ज्याङ गाउँपालिकाको करिब ३० लाख लगानीमा उक्त मूर्ति निर्माण गरिएको हो।